मोरङलाई हराउँदै आर्मी विराट गोल्डकपको सेमिफाइनलमा

6 Mar, 2025
Share:
117 Shares

विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

३७ औं मिनेटमा खेलाडी निरज चौधरीले गरेको गोल नै प्रतियोगिताको निर्णायक गोल बन्यो। खेलाडी पथेमन गलेले मध्यभागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष गर्‍यो । तर सफल हुन सकेन। दोस्रो हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन।

बिहीबारको दोस्रो क्वाटरफाइनल खेल एपीएफ र नेपाल पुलिस क्लबबीच हुनेछ।