सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

महिला कबड्डीमा नेपालको अर्को सफलता, एसियन महिला कबड्डीमा जित्यो कास्य

SabaiKhel default image

नेपाली महिला कबड्डी टिमले अर्को सफलता हात पारेको छ।

चीनमा भएको एसियन गेम्समा कास्य पदक दिलाएको नेपाली महिला कबड्डी टिमले अर्को सफलताको रुपमा एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ।

इरानमा जारी च्याम्पियनसिपमा सेमिफाइनलमा पराजित भएपनि नेपालले कास्य पदक जितेको हो। मनमती विष्टको कप्तानीमा रहेको नेपाली टिम भारतसँग ५६-१८ ले पराजित भयो।

च्याम्पियनसिपमा नेपालको यो पहिलो पदक हो। यही टिमले सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाडमा कांस्य पदक नै जितेको थियो।

1.3Kशेयर