आर्मीलाई हराउँदै थ्री स्टार विराट गोल्डकपको फाइनलमा

10 Mar, 2025
Share:
117 Shares

विभागीय टिम थ्री स्टार क्लब विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आइतबार साँझ शहीद रंगशालामा भएको खेलमा आर्मीलाई ३–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो।

थ्रीस्टारको जितमा प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले गोल गरे भने आर्मीका नवयुग श्रेष्ठ र नीरज चौधरीले गोल गरेका थिए।

पहिलो मिनेटमा प्रकाशले गोलल गर्दै थ्री स्टारलाई सुरआती अग्रता दिलाए। उनले दीपेश घलेले क्रसमा गोल गरेका थिए। २८औं मिनेटमा दिपेशले टिमको अग्रता दोब्बर बनाए। उनले आशिष चापागाईंको पासमा गोल गरेका थिए।

पहिलो हाफमा २–०मा सकिएको खेलमा ८१औं मिनेटमा थ्री स्टारले तेस्रोल गोल थपेको थियो। उसका नवीनले गोल गरेका थिए।

३ गोलले पछि परेको आर्मीका लागि ८३औं मिनेटमा नवयुगले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। इन्जुरी समयको दोस्रो मिनेटमा नीरजले पेनाल्टीमा गोल गर्दै खेललाई ३–२को अवस्थामा ल्याए। तर, त्यसपछि गोल नहुँदा थ्री स्टार विजयी भयो।

अब थ्रीस्टारले उपाधिका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेतासँग खेल्ने छ।