१७ वर्षपछि साफ च्याम्पियनसिप श्रीलंकामा हुने

13 Mar, 2025

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आगामी संस्करण श्रीलंकामा हुने भएको छ।

मंगलबार काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले यसै वर्ष हुने साफ च्याम्पियनसिप श्रीलंकामा गर्ने निर्णय गरेको हो। श्रीलंकामा साफ च्याम्पियनसिप १७ वर्षपछि हुन लागेको हो।

साफ च्याम्पियनसिप आगामी जुनमा हुनेछ । तर, मिति भने तय भइसकेको छन्।

यसअघि श्रीलंकाले सन् २००८ मा माल्दिभ्ससँग मिलेर साफ च्याम्पियनसिप आयोजना गरेको थियो।

साफ च्याम्पियनसिप भारतले सर्वाधिक ९ पटक जितेको छ। माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले समान १ पटक उपाधि जितेका छन्।

अहिलेसम्म उपाधि जित्न नसकेको नेपालको सफलता सन् २०२१ मा फाइलन पुग्नु नै हो। फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]