विपिन महतोको घातक बलिङमा गण्डकी ३१ रनमै अलआउट, कोशी प्रदेशको पहिलो जित

16 Mar, 2025
Share:
117 Shares

लुम्बिनी प्रदेशमा जारी जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशका विपिन महतोले घातक बलिङक गरेका छन्।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा भएको खेलमा विपिनको घातक बलिङपछि गण्डकी प्रदेश प्रतियोगिताकै कम योगफलमा समेटियो। आइतबार भएको खेलका पहिला ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमै समेटियो।

उसका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उसका लागि अर्जुन कुमालले सर्वाधिक ९ रन बनाउँदा सुजन गौतमल ४७ खेल खेलेर ६ रन बनाए। उसका ४ ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए।

गण्डकीको इनिङ धरासयी बनाउने क्रममा विपिनले ८ ओभरमा ३ मेडनसहित १७ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, फिर्दोस अन्सारीले ३ र दीपेश कँडेलले १ विकेट लिए।

३२ रनको झिनो लक्ष्य कोशीले ८.२ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सकिब हकले १६ र चिराग साहले १० रन बनाए। एक मात्र विकेट सुवास भण्डारीले लिए।

जारी प्रतियोगितामा लागतार चौथो हारपछि कोशीको यो पहिलो जित हो। गण्डकीको यो तेस्रो हार हो।