राष्ट्रिय महिला कबड्डीको उपाधि एफीएफले जित्यो

16 Mar, 2025
Share:
117 Shares

२०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल आर्मीलाई २८–२२ ले पराजित गर्‍यो।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५०÷५० हजार नगद पुरस्कार हात पारे।

प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए। दुवैले ४० इन्चको टीभी पुरस्कार पाए । तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए।