बल र ब्याट दुवैमा चम्किए इशान पाण्डे, गण्डकीमाथि बागमतीको जित

18 Mar, 2025
Share:
117 Shares

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेश विजयी भएको छ। सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको भएको खेलमा इशान पाण्डेको अलराउन्ड प्रदर्शन मद्दतमा बागमतीले गण्डकी प्रदेशमाथि ६९ रनको सहज जित निकाल्यो।

इशानले गण्डकीविरुद्ध ब्याटबाट अर्धशतक र बलिङमा ४ विकेट लिएपछि बागमतीको जित सम्भव भयो।

२८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमै अलआउट भयो। उसका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन बनाउँदा समीर कँडेलले २६ तथा अमृत गुरुङले २० रन बनाए।

बलिङमा इशानले ६ ओभरमा २७ रन दिएर ४ विकेट लिए भने साकार गजुरेलले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ८ विकेट गुमाएर २८८ रन बनायो। इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए भने बिपिन ६३ रनमा अविजित रहे। शुभ कंसाकारले ५२ रन बनाए।

२११ रन बनाउँदा ८ विकेट गुमाएको बागमतीका लागि बिपिनले रिजन ढकालसँग मिलेर अविजित ७८ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्‍याए। विवेक मगरले ३४ रन बनाउँदा रिजन ढकाल २३ रनमा अविजित रहे।

गण्डकीका लागि अर्जुन कुमालले ४ विकेट लिए भने कप्तान बिपिन खत्री र सुबास भण्डारीले समान २ विकेट लिए।

बागमतीले ५ खेल खेल्दा २ जितसहित ४ अंक जोडेर अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । गण्डकीले हालसम्म ५ खेल खेल्दा १ जित मात्र निकालेको छ र २ अंकसहित आठौं स्थानमा छ।