साफ यू-१९ च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

19 Mar, 2025

भारतमा हुने साफ यु–१९ च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्ने भएको छ।

आयोजक दक्षिण एसियाली फुटबल महासंघले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। च्याम्पियनसिपमे ९ देखि १८ सम्म भारतमा हुनेछ।

तालिकाअनुसार समूह बीमा रहेका नेपाल र श्रीलंकाबीचकाे खेल मे ११ मा हुनेछ। त्यसपछि नेपालले घरेलु टोली भारतसँग मे १३ मा खेल्ने छ।

च्याम्पियनसिपका सबै खेलहरु गोल्डेन जुब्ली रंगशालामा हुनेछ। च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तान बाहेक ६ टोली सहभागी छन्।

प्रतियाेगिताकाे उद्घाटन खेलमा माल्दिभ्स र बंगलादेश भीड्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]