ब्राजिलियन विंगर बार्बोसाले एनएसएल खेल्ने

22 Mar, 2025
Share:
117 Shares

ब्राजिलिय विंगर सिर्जियो बार्बासा जुनियरले नेपाल प्रियिमर लिगको तेस्रो संस्करण खेलने भएका छन्। 

३० वर्षीय बार्बोसलाई एनएसएसलका लागि अघिल्ला दुई संस्करणको फाइनलिस्ट धनगढी एफसीले अनुबन्धन गरेको हो। 

ब्राजिलिय क्लब फ्लेमेङ्गोको युथ टिमबाट खेलेका उनसँग भारतीय क्लब मिनेर्वा पञ्जाबलगायतसँग खेलेको अनुभव छ। आक्रामक शैलीका लागि परिचित उनी ड्रिबिलिङमा पनि उत्कृष्ट छन्।

धनगढीले उनलाई पाँचौं विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको हो। यसअघि उसले मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनी, नाइजेरियन स्ट्राइकर अफिज ओलोवाले, लेबनानी स्ट्राइकर अहमद हिजाजी र स्पेनिस गोलकिपर वालिद बिरोउलाई अनुबन्ध गरेको छ। 
ओलोवाले र हिजाजीले अघिल्लो सिजन पनि धनगढीमै थिए। 

धनगढीमा क्रितिशरत्न छुन्जुलाई मार्की खेलाडीका रुपमा छन् भने देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, रन्दीप पौडेल, रामचन्द्र वाजी, अशोक खवासलगायत खेलाडी पनि छन् ।

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका जुआन म्यानुएल मार्टिनेज साइज छन्। उनीसँग युईएफए प्रो लाइसेन्स छ। 

धनगढीले नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बेसडर बनाएको छ।