नेपाली यू–१९ टिमले दिल्लीको युवा टिमलाई हरायो

25 Mar, 2025
Share:
117 Shares

यू–१९ विश्वकप छनोटका तयारीका लागि आयोजना गरिएको सिरिजमा नेपाली टिम विजयी भएको छ। वीरगञ्जस्थि नारायाणी क्रिकेट मैदानमा भएको दिल्लीको यू–१९ टिमविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भयो।

दिल्लीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि अमर मिश्राले सर्वाधिक २७ रन बनाउँदा रोशन बिकले २५ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली २३.२ ओभरमा ९५ रनमै अलआउटछ भयो। उसका साथक पलले सर्वाधिक २९ रन बनाए।

दिल्लीलाई सस्तैमा रोक्ने क्रममा सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान ३ विकेट लिँदा बिपिनप्रसाद शर्मा र अशोक धामीले समान २ विकेट लिए ।

अब दोस्रो खेल १४ र तेस्रो खेल १६ गते हुनेछ।