आईपिएलमा कोलकाताको पहिलो जित, राजस्थान जितबिहीन

27 Mar, 2025
Share:
117 Shares

आइपिएलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले पहिलो जित निकलोको छ। उद्घाटन खेलमा घरमै रोयल च्यालेन्जर्स बेंग्लुरूसँग पराजित भएको कोलकाताले पहिलो जित निकाल्ने क्रममा राजस्थानलाई उसकै मैदानमा ८ विकेटले हरायो।

गुवाहटीस्थित बर्सापारा क्रिकेट स्टेडियममा १५२ रनको मध्यम लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १७.३ ओभरमा भेट्टायो।

कोलकातालाई पहिलो जित दिलाउने क्रममा क्वेन्टन डि ककले उत्कृष्ट ब्याटिङ गरे। ६१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै उनी ९७ रनमा नटआउट रहे।

यस्तै, अंक्रिश रघुवंशीले १७ बलमा २ चौका प्रहार गरी २२ रन बनाए भने कप्तान अजिंक्या रहानेले १८ रन बनाए। बलिङमा बलिङतर्फ वानिन्दु हसरंगाले एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको राजस्थाननले ९ विकेटको क्षतिमा १५१ रन मात्र बनाउन सकेको थियो । उसका ध्रुब जुरेलले सर्वाधिक ३३ रन बनाउँदा यशश्वी जैसवालले २९ रन, कप्तान रियान परागले २५ रन, जोफ्रा आर्चरले १६ रन बनाए।

राजस्थानलाई सस्तैमा रोक्ने क्रममा कोलकाता वरुण चक्रवर्ती, मोइन अली, बैभव अरोरा र हर्षित रानाले समान २ विकेट लिए।