अपराजितको ५ विकेटमा दिल्ली यू-१९ धरासायी, नेपाली यू-१९ टिमकाे लागतार दोस्रो जित

27 Mar, 2025
Share:
117 Shares

अपराजित पौडेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि नेपाली यू–१९ क्रिकेट टिमले लागतार दोस्रो जित निकालेको छ।

यू–१९ विश्वकप छनोटको तयारीका लागि आयोजन गरिएको दिल्लीका यू–१९ टिम विरुद्धका सिरजमा नेपालले लागतार दोस्रो जित निकालेको हो। बिहीबार वीरगञ्जस्थित नारयाणी रंगशालामा भएको खेलमा नेपालले दिल्लीमाथि १०२ रनको फराकिलो जित निकाल्यो।

नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३०.४ ओभरमा ९० रनमा अलआउट भयो। उसका लागि शान्तानु यादवले सर्वाधिक ३० र मोहक कुमारले १९ तथा साथक पालले १६ रन बनाए।

नेपालका अपराजित पौडेलले ७ ओभरमा ९ रन मात्र दिएर ५ विकेट लिए भन नितेश पटेलले २ तथा बिपिन शर्मा, नरेन भट्ट र अशोक धामीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै १९२ रन बनाएको थियो। अभिषेक तिवारीले ६० रन बनाए भने नरेन भट्टले ५२ रन बनाए।

दिल्लीका शुभम दुवेले ३ तथा आदित्य भण्डारी, अमन चौधरी, रौनक वागेलाले २(२ विकेट लिए । अब तेस्रो खेल १६ गते हुनेछ।