सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

पुरनको विस्फोटक ब्याटिङमा आईपिएलमा लखनउको जित

आईपिएलमा लगनउ सुपर जायन्टसले पहिलो जित निकालेको छ। बिहीबार राति भएको खेलमा निकोलस पुरनले विस्फोटक ब्याटिङ गरेपछि लखउनले सनराइजर्स हैदरावादमाथि ५ विकेटको जित निकाल्यो।

हैदरावादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमै भेट्टायो। उसका लागि पुरनले २६ बलमा ७० रनको विस्फोटक पारी खेले। उनले समान ६ चौका र छक्का प्रहार गरे। यस्तै मिचेल मार्सले ३१ बलमा ७ चौका र २ छक्का मद्दतमा ५२ रन बनाउँदा अब्दुल समदले ८ बलमा २२ रन बनाए।

बलिङमा हैदरावादका कप्तान प्याट कमिन्सले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनायो। उसका लागि त्रविस हेडले सर्वाधिक ४७ रन बनाए। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अनिकेत बर्माले १३ बलमा १६ रन बनाउँदा नितिशकुमार रेड्डीले ३२, हेनरिच क्लासनले २६ र कमिन्सले ४ बलमा १८ रन बनाए।

बलिमा सार्दुल ठाकुले ४ ओभरमा ३४ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, आवेश खान, दिग्वेस राठी, रवि विश्नोइ र प्रिनस यादवले समान १ विकेट लिए।

यो लखनउको पहिलो जित हो भने हैदरावादको पहिलो हार। पहिलो खेलमा लखन दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो भने हैदरावादले राजस्थान रोयल्सलाई हराएको थिाये।

1.3Kशेयर