पिएम कप फाइनल : कोल्याप्स भयो आर्मीको टप अर्डर, पुलिसलाई १५५ रनको मध्यम लक्ष्य

29 Mar, 2025
Share:
117 Shares

अहिले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइलन सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेटम मैदानमा चलिरहेको छ। जसमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लािग भिडिरहेका छन्।

टस जितेर हारेर पहिला ब्याटिङका लागि आएको आर्मी क्लब ४३ ओभरमा १५४ रनमै अलआउट भएको छ। टप अर्टर कोल्याप्स भएपछि आर्मीले पुलिसलाई मध्यम लक्ष्य दियो। उसको माथिल्लो क्रमका ५ ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनान सकेनन्।

तर, लोअर अर्डरमा आएर बासिर अहमदले भने उत्कृष्ट इनिङ खेले । उनले १०४ बलमा ९ चौका र १ छक्का मद्दतमा नटआउट ८६ रन बनाए। यस्तै, कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाए।

२५–५को दयनीय अवस्थाबाट बासिर र विनोदले छैठौं विकेटका लागि ७७ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

आर्मीको इनिङ धरासायी बनाउने क्रममा पुलिसका करण केसी र सागर ढकालले समान ३ विकेट लिउ भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।