ललित बने पिएम कपका सर्वोत्कृष्ट खेलाडी, अर्जुन कुमाल उत्कृष्ट ब्याट्सम्यान

29 Mar, 2025

ललित राजवंशी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

नेपाल पुलिस क्लबलाई लागातर दोस्रो पटक च्याम्पियन बनाउने क्रममा बलबाट अविश्वसनीय प्रदर्शन गरेका ललित सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हरायो।

ललितले प्रतियोगिताका कुल १० खेलमा ४१ विकेट लिए। तीमध्ये ५ खेलमा उनले ५ र त्यो भन्दाबढी विकेट लिएका थिए। सुदूरपश्चिम प्रदेशविरुद्ध ७ ओभरमा १५ रन दिएर ६ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन थियो।

प्रतियोतिगामा उनको इकोनोमी २.७५ को थियो। उनी प्रतियोगिताका उत्कृष्ट बलर पनि बने।

यस्तै, गण्डकी प्रदेशका युवा ब्याट्सम्यान अर्जुन कुमाल उत्कृष्ट ब्याट्सम्यान बने। उनले प्रतियोगिताा १ शतक र २ अर्धशतकसहित कुल ३७४ रन बनाए थिए। उनी सर्वाधिक रन स्कोरर पनि हुन्।

त्रिभुवन आर्मी क्लबका तृतराज दास उदीयमान खेलाडी बने । उनले १० खेलमा १ शतकसहित ३६५ रन बनाएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]