मिचेल स्टार्कको घातक बलिङ, हैदरावादमाथि दिल्लीको सहज जित

30 Mar, 2025
Share:
117 Shares

अस्ट्रेलियान फास्ट बलर मिचेल स्टार्कले घातक बलिङ गरेपछि आईपिएलमा दिलली क्यापिटल्सले लगातार दोस्रो तिज निकालेको छ। आइतबार भएको पहिलो खेलमा स्टार्क चम्किएपछि दिल्लीले सनराईजर्स हैदरावादमाथि ७ विकेटको जित निकाल्यो।

विशाखापटनममा भएको खेलमा हैदराबादे दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

उसका लागि ओपनर फाफ डुप्लेसीले ५० रन बनाउँदा जेक फ्रेजर मेगर्कले ३८ रन बनाए। यस्तै, अभिषेक पोरेलले अविजित ३४ र ट्रिस्टन स्टब्स २१ रन बनाए।

बलिङमा हैदरावादका लागि तीनै विकेट जिसन अन्सारीले लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद १८.४ ओभरमा १६३ रनमा अलआउट भयो। उसकाअनिकेत वर्माले सर्वाधिक ७४ रन बनाएका थिए । उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै, हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाए।

बलिङमा दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए । उनले ३.४ ओभरमा ३५ रन खर्चिए। कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।

योसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबादको ३ खेलमा २ अंक छ ।