नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मंगलबारबाट महिला टि–२० विश्वकप छनोटको तयारी थाल्दै छ। विश्वकप छनोटनको तयारी थाल्न नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरुलाई प्रशिक्षणका लागि बोलाएको छन्।
क्यानले मंगलबारबाट सुरु हुने बन्द प्रशिक्षणका लागि २८ जना खेलाडीलाई बोलाएको छ।
करिब तीन साता प्रशिक्षण गरेपछि विश्वकप छनोटका लागि अन्तिम टिमको घोषणा गरिनेछ। खेलाडीहरुलाई मुख्य प्रशिक्षक मनोज कटुवाल र नवनियुक्त कन्सल्ट्यान्ट प्रश्क्षिक मनिषकुमार झाले टिमलाई हेर्ने छन्।
क्याम्पले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न र प्रतियोगिताको लागि उनीहरूलाई मानसिक तथा शारीरिक रूपमा तयार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महिला टि–२० विश्वकप छनोटको एसिया छनोट मेमा थाइल्यान्डामा हुनेछ।
प्रारम्भिक टिम : इन्दु वर्मा (कप्तान), रुबिना छेत्री, बिन्दु रावल, एलिसा कुमारी यादव, साना प्रवीण, राजमती ऐरि, रोमा थापा, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा कुमारी उपाध्याय, सबनम राई, सिमाना के सी, रचना कुमारी चौधरी, सम्झना कुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, र एलिसा खडिया।
