एनएसएलमा झापा र काठमाडौंले खेले बराबरी, दुवै टिम अझै जितबिहीन

3 Apr, 2025
Share:
117 Shares

नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेलमा झापा एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन्।

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

समान २ खेलेका दुवै टिम प्रतियोगितामा अझै जित निकाल्न असफल छन्। प्रतियोतिगाको उद्घाटन खेलमा काठमाडौं ललितपुर सिटी एफसीसँग २–२को बराबरीमा रोकिएको थियो।

यता, झापा भने पहिलो खेलमा १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमै रोकिएको थियो। ऊ लातगार दोस्रो खेलमा गोल गर्न असफल भयो।