हङकङ विरुद्धको सिरिजका लागि टिम घोषणा, नन्दन पहिलो पटक टिममा, बासिर र साहबको पुनरागमन

5 Apr, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशीय टि–२० सिरिजका लागि टिमको घोषणा गरेको छ।

एकसाता बढी प्रशिक्षण गराएपछि सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरिएको हो। फास्ट बलर नन्दन यादवले पहिलो पटक टिममा मौका पाएका छन्।

यस्तै, टिममा अलराउन्ड बासिर अहमद र स्पिनर साहब आलमले पनि स्थान बनाएका छन्। उनीहरूले सन् २०२२ टिममा स्थान बनाएका हुन्। यी तीनै जनाले पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

टि–२० विश्वकप छनोटको तयारीका लागि यो सिरिजलाई हेरिएको छ। नेपाल, हङकङ, कुवेत र कतार सहभगाी हुने सिरिज अप्रिल ९ देखि १३ सम्म हुनेछ।

नेपाली टिमको मुख्यप्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएपनि यो सिरिजमा प्रशिक्षकको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल हुनेछन्। लको कागजी प्रक्रिया नमिलेका कारण हङकङ जान नपाएका हुन्।

यो अवधिका उनले आईसिसी विश्वकप लिगको सिरिजका लागि बोलाइएको क्याम्प हेर्ने छन्।

चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।

नेपाली टिम रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण केसी, बासिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम।