सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एनएसएलमा झापाको लगातार तेस्रो बराबरी, चितवनकाे जितकाे यात्रा राेकियाे

Ncell Nepal Super League 2025: Match between Jhapa FC and FC Chitwan at Dasharath Stadium in Kathmandu on Sunday 06.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

झापा एफसी जारी नेपाल सुपर लिग (एनएसएल)मा लगातार तेस्रो खेलमा पनि बराबरीमा रोकिएको छ।

आइतबार त्रिपुरेश्वरस्थित रंगशालामा भएको खेलमा झापा एफसी चितवनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। यसअघि भएका दुई खेलमा झापा काठमाडौं रेजर्स र बुटबल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो।

खेलमा अग्रता चितवनले लियो। उसका २७औं मिनेटमा टोरिक जर्बिनले गोल गरे। उनले सुमित श्रेष्ठले दिएको पासलाई पोस्टको दिशा दिएका थिए।

खेलमा चितवन लातगार तेस्रो जिततर्फ अग्रसर थियो। तर, इन्जुरी समयको तेस्रो मिनेटमा झापाले बराबरी गोल फर्कायो। उसका अल्हाजी गेरोले प्राप्त पेनाल्टीमा गोल गर्दै चितवनबाट अंक खोस्दै टिमको अपराजित यात्रालाई निरन्तरता दिए। चितवनका निरज चौधरीले आरोन थापालाई पेनाल्टी बक्समा लडाएपछि झापाले पेनाल्टी पाएको हो।

लिगमा दुवै टिम अपराजित छन्। ३ खेलमा २ जित र १ बराबरीसहित चितवन ७ अंक जोड्दै शीर्ष स्थानमा छ भने झापाको तीन खेलमा ३ अंक छ। उ चौथो स्थानमा छ।

1.3Kशेयर