एनएसएलमा काठमाडौंको पहिलो जित, बुटबलको प्लेअफ सम्भावना सकियो!

9 Apr, 2025
Share:
117 Shares

अमादोउ डिओपले अन्तिम समयमा गरेको एक मात्र गोलमा काठमाडौं रेजर्सले दश खेलाडीमा समेटिएको बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै नेपाल सुपर लिग ९एनएसएल० २०२५ मा पहिलो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा काठमाडौंका लागि डिओपले ८९औं मिनेटमा निर्णयाक गोल गरे।

यसअघि दुई बराबरी र एक खेलमा पराजित भएको पहिलो संस्करणको च्याम्पियन काठमाडौं पहिलो जितपछि तेस्रो स्थानमा उक्लेको छ । काठमाडौंको चार खेलबाट ५ अंक भएको छ ।

७१औं मिनेटमा बुटवलका डिफेण्डर सुमन श्रेष्ठले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको थियो ।

काठमाडौंले खेलमा गोल गर्ने आधा दर्जन बढी अवसर बनाएपनि बुटवलका गोलकिपर दीप कार्कीले सानदार प्रदर्शन गर्न अग्रता लिन अन्तिम समयसम्म कुर्नुपरेको थियो।

जारी लिगमा तेस्रो हार व्यहोरेको बुटवल लुम्बिनीको भने शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना लगभक सकिएको छ। चार खेलबाट १ अंकसहित बुटवल अन्तिममा छ ।