एनएसएलमा धनगढी र पोखराले खेले बराबरी

9 Apr, 2025
Share:
117 Shares

जारी नेपाल सुपर लिगमा बुधबारको खेल बराबरीम सकिएको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेलेका हुन्।

खेलमा दुवै टिमले विपक्षीको पोस्टमा आक्रमण गर्दै गोलको अवसर सिर्जना गरेका थिए। तर, दुवै टिमका खेलाडीले ती अवसरमा फिनिसिङ टच भने दिन सकेनन्।

प्रतियोतिगामा धनगढीको यो लागतार दोस्रो बराबरी हो। ऊ ३ खेलमा ५ अंकसहित धनगढी दास्रो स्थानमा पुगेको छ। समान अंक भएपनि ऊ काठमाडौं रेजर्सभन्द गोलअन्तरमा अघि रह्यो।

यता, पोखरा भने ४ खेलमा ४ अंकसहित नै पाँचौं स्थानमा छ।