यू-१९ विश्वकप छनोट भोलिबाट, कप्तान नरेन भन्छन्- विश्वकप खेल्ने राम्रो मौका छ

12 Apr, 2025
Share:
117 Shares

माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भोलिदेखि हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट सुरु हुँदैछ।

प्रतियोगितामा बलियो अफगानिस्तान, युएई, ओमान र हङकङ सहभागी छन्। लामो समयदेखि प्रतियोतिाका लागि तयारी गरेकाले नेपालले घरेलु मैदानको फाइदान उठाउँदै विश्वकपमा छनोट हुने लक्ष्य बनाएको छ।

प्रतियोगिता अघि शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान नरेन भट्टले राम्रो तयारी रहेकाले विश्वकपमा छनोट हुने अपेक्षा रहेको बताए। नेपालले पछिल्ला ३–४ महिनादेखि विश्वकप छनोटको तयारी गरिरहेको छ। भर्खरैमात्र नेपालले दिल्ली यू–१९ र अफगानिस्तानका यू–१९ टिमसँग सिरिज खेलेको थियो।

कप्तान भट्टले राम्रो तयारी र टिम ब्यालेन्स भएकाले विश्वकप खेल्ने अपेक्षा रहेको बताए। अफगानिस्तान र युएईजस्ता बलिया टिम भएकाले छनोट हुन उत्कृष्ट क्रिकेट खेल्नुपर्ने उनले बताए।

‘हाम्रो टिममा राम्रो ब्यालेन्स छ, खासै त्यस्तो समस्या छैन। कोचले पनि हामीलाई राम्रो तयारीका साथ अगाडि बढाउनु भएको छ,’ उनले भने, ‘आफ्नै मैदानमा भैइरहेको छ त्यसकारण जित्ने राम्रो मौका छ हाम्रो । हामी विश्वकपमा क्वालिफाई गर्छौ भन्ने छ।’

वैशाख ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले भोलि नै पहिलो खेल युएईसँग खेल्ने छ। नेपालले दोस्रो खेल अप्रिल १४मा ओमान, अप्रिल १६ मा हङकङ र अन्तिम खेल अफगानिस्तानसँग अप्रिल १९मा हुनेछ।

नेपाली टिम : नरेन भट्टा ९कप्तान०, अविषेक तिवारी, निरजकुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल,युवराज खत्री र विपिन शर्मा।