टि-२० सिरिजको फाइलनमा कुवेतविरुद्ध १७५ रनको लक्ष्य पछ्याउँदै नेपाल, ६२-६को दबाबपूर्ण अवस्थामा

13 Apr, 2025
Share:
117 Shares

हङकङमा जारी चारदेशीय सिरिजको फाइलनमा नेपलले कुवेतसँग खेल्दै छ। पहिला ब्याटिङ गर्दै कुवेतले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ गरेको छ।

नेपालले पावरप्ले ४ विकेट गुमाएको छ। नेपाल ४.५ ओभरमा २८–४को दाबबपूर्ण अवस्थामा आएको थियो। त्यसपछि बासिर अहदम र कप्तान रोहित पौडेलले २६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। तर, रोहित नवौं ओभरको तेस्रो बलमा आउट भए। रोहित आउट हुँदा नेपाल ५४–५को दबाबपूर्ण अवस्थामा आएको छ।

रोहित आउट भएलगत्तै सोमपाल कामी रनआउट भएपछि नेपाल ६२–६को दयनीय अवस्थामा आएको छ। उनले ४ रन मात्र बनाउन सके।

नेपालका लागि आसिफ सेखले ११ बलमा ३ चौका र १ छक्का मद्दतमा २१ रन बनाउँदा बासिर १५ बलमा २३ रन बनाएर खेलिरहेका छन्। रोहित ७, कुशल भुर्तेल ३ रनमा आउट हुँदा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।

नेपालको टप अर्डर धरासायी बनाउने क्रममा यासिन पटेल र अनुपदीप चेतनथामाराले समान २ विकेट लिए।