यू-१९ विश्वकप छनोट : युवराजको घातक बलिङ, ओमान ११७ रनमै अलआउट

14 Apr, 2025
Share:
117 Shares

यू–१९ विश्वकपको एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको छ।

मुलापानी क्रिकेट मैदानमा जारी खेलमा स्पिनर युवारज खत्रीले घातक बलिङ गरेपछि ओमान ३८ ओभरमा ११७ रनमै अलआउट भएको हो।

टस हारेर पहिला ब्यापिटङ गरेको ओमानका लागि जीत व्रजेश साहले अर्धशतक बनाए । उनले ७८ बलमा ६ चौकासहित ५२ रन बनाए। उनीबाहेक सिद्धार्थ सोम्या शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

ओमानको इनिङ धरासायी बनाउने क्रममा युवराजले ७ ओभरमा १५ रनमात्र दिएर ५ विकेट लिए। यस्तै, सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १–१ विकेट लिए।