आईपीएलमा पञ्जाब किंग्सले ऐतिहासिक जित निकालेको छ। मंगलबार राति मुल्लापुरमा भएको खेलमा ११२ रनको झिनो लक्ष्य डिफेन्ड गर्दै पञ्जाबले कोलकातामाथि १६ रनकाे रोमाञ्चक जित निकाल्यो।
यो जितसँगै पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा कम स्कोर डिफेन्ड गर्दै नयाँ कीर्तिमान बनाएको छ। यो लो स्कोरिङ म्याच निकै रोमाञ्चक थियो।
टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबको शुरुआत उत्कृष्ट रह्यो। प्रभसिमरन सिंह र प्रियंश आर्याले पहिलो विकेटका लागि ३.२ ओभरमा ३९ रनको साझेदारी गरेका थिए। पियंशले २२ र प्रभसिमरनले ३० रन बनाए। त्यसपछि भने लगातार विकेट जाँदा पञ्जाब १५.३ ओभरमा १११ रनमै अलआउट भयो।
पञ्जाबको इनिङ धरासायी बनाउने क्रममा हर्षित रानाले ३ विकेट लिँदा वरुण चक्रवर्ती र सुनिल नारिनले समान २ विकेट लिए।
११२ रनको लक्ष्य पछ्याएको कोलकाताले पनि शुरुआतमा संकटको सामना गर्नुपर्यो। उ १५.१ ओभरमा ९५ रनमै अलआउट भयो। पञ्जाबका बलर मार्को जेन्सन र जेवियर बार्टलेटले पहिलो दुई विकेट छिट्टै लिए। सुनिल नरेन र क्वेटन डिकक चाडै आउट भएपछि कोलकाता दबाबमा आएको थियो।
तर, त्यसपछि कप्तान अजिंक्य रहाणे र अंक्रिस रघुवंशीले कोलकालाई सहज अवस्थामा ल्याए। ७–२को दबाबपूर्ण अवस्थाबाट यी दुईले ७.३ ओभरमा ६३–२को अवस्थामा ल्याएका थिए। तर, आठौं ओभरको चौथो बलमा युजवेन्द्र चहलले रहाणेको विकेट लिए पछि भने कोलकाताले लातगार विकेट गुमाएको थियो। त्यसपछि ३३ रन जोड्दा कोकलाताले ७ विकेट गुमाएको थियो। रघुवंशीले ३७ तथा रहाणे र आन्द्रे रसेलले समान १७ रन बनाए।
चहलले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए भने मार्को यान्सनले ३ विकेट लिए।
यो जितपछि पञ्जाब ८ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिउको छ। यता, चौथो हार व्यहोरोको कोकलाता भने ६ अंकसहित पाँचौं स्थानमा छ।