हङकङमा फाइनल हारेपछि नेपालको वरीयता खस्कियो, टि-२० अलराउन्डर दीपेन्द्र २ स्थान झरे

17 Apr, 2025
Share:
117 Shares

हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२० सिरिजमा फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टिमको टि–२० वरियता खस्किएको छ।

नेपाल १ स्थान तल झर्दै १८औं स्थानमा आएको छ। नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग फाइनलमा ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।

वरियतामा शीर्ष ५मा भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यानड र वेस्टइन्डिज यथावत छन्।

त्यस्तै, चारदेशीय सिरिजमा असफल भएका दिपेन्द्रसिंह ऐरी पनि टी–२०को अलराउण्डर वरीयतामा दोस्रोबाट चौथो स्थानमा झरेका छन्। तेस्रोमा झरेका छन्।
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो। उनले हङकङमा बल र ब्याट दुवैबाट खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

उनी भन्दाअघि हार्दिक पाण्ड्या, मार्कस स्टोइनिस र लिअम लिभिङन छन्। लिभिङस्टन र दीपेन्द्रको समान २०९ रेटिङ पोइन्ट छ। यसअघि दीपेन्द्रको २३३ रेटिङ पोइनट थियो।