लियोनमाथि ५–४को रोमाञ्चक जित निकाल्दै युनाइटेड युरोप लिगको सेमिफाइनलमा

18 Apr, 2025

म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रेन्च क्लब लियोनमाथि समग्रमा ७–६ को जितसहित युनाइटेडले सेमिफाइनलमा स्थान पक्क गरेको हो।

पहिलो खेल २–२को बराबरीमा सकिएको खेलमा ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको युनाइटेडले ५–४ को जित निकाल्यो। रोमाञ्चक खेलमा युनाइटेडले अन्तिम मिनेटमा कमब्याक गरेका हो। ऊ सन् २०२१ पछि युरोपा लिग सेमिफाइनलमा पुगेको हो।

खेलको १०औं मिनेटमा म्यानुएल उगार्टेले गोलमा युनाइटेडले अग्रता लियो। इन्जुरी समयमा डियोगो डालोटले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले २–०को अग्रता लियो।

तर, दोस्रो हाफमा ६ मिनेटमा २ गोल गर्दै लियोन खेलमा फर्कियो। उसका कोरेन्टिन टोलिसोले ७१औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काए। त्यसपछि ७७औं मिनेटमा निकोलस ट्याग्लियाफिको गोल गरेपछि खेल २–२को बराबरीमा आयो।

८९औं मिनेटमा लियोन १० खेलाडीमा समेटियो। उसका टोलिसो दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। निर्धारिसत सयमको २–२को बराबरीमा सकिएपछि खेल समग्रमा ४–४को बराबरीमा आयो। त्यसपछि खेलमा ३० मिनेट थप गरिएको थियो।

त्यसपछि १० खेलाडीमा समेटिएको लियोन ५ मिनेट अन्तरमा २ गोल गर्दै खेलमा ४–२को अग्रता बनायो। उसका रायन चार्कीले १०४औं र अलेक्जान्द्रे लाकाजेटले १०९औं मिनेटमा गोल गरेका थिए।

धेरैले युनाइटेडले खेल हारेको ठानेका थिए। तर, युनाइटेडले हार मानेन। ब्रुनो फर्नान्डेजले ११४औं मिनेटमा पेनाल्टी गोल गर्दै टिमको आशा जगाए। कोबी माइनुले १२०औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए। त्ययपछि अतरिक्त समयमा ह्यारी मग्वायरले गोल गरेपछि खेल युनाइटेडले ५–४ले जित्यो । युनाइटेडले समग्र ७–६ को जितसहित सेमिफाइनलमा स्थान बनायो ।

युनाइटेडले अब सेमिफाइनलमा एथ्लेटिक क्लबको सामना गर्नेछ। सेमिफाइनलका खेलहरू मे १ र मे ८ मा हुनेछन्, र फाइनल मे २१, २०२५ मा बिल्बाओको सान मामेस स्टेडियममा हुनेछ।

यो जितले युनाइटेडको सिजनलाई नयाँ जीवन दिएको छ, र समर्थकहरू सन् २०१७ को युरोपा लिग उपाधि फेरि जित्ने सपना देखिरहेका छन्।