काठमाडाैं, वैशाख ६ यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानको आज हुने भनिएको निर्णायक खेल वर्षाले प्रभावित भएको छ।
विहान साढे ९ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण अहिलेसम्म हुन सकेको छैन। मुलपानी क्षेत्रमा बिहानैदेखि वर्ष भएपछि खेल प्रभावित भएको हो।
तर, पछिल्लो १ घण्टा भन्दाबढी समयदेखि वर्षा रोकिएका छ। तर, अहिलेसम्म खेलका बारेमा नयाँ अपटेड आएको छैन।
दिउँसो पनि वर्षाको सम्भावना रहेकाले खेल अन्योलमा परेको छ।
नेपाल र अफगानिस्तान दुवैले समान ३ खेल जितेको छ। तर, रनरेटमा अफगानिस्तान अगाडि रहेकाले वर्षाले खेल नभए नेपालका लागि ठूलो घाटा हुनेछ।