नेपालको विश्वकप सपनामा वर्षा बाधक, अफगानिस्तान यू-१९ विश्वकपमा

19 Apr, 2025
Share:
117 Shares

नेपाल लागतार दोस्रो पटक यू–१९ विश्वकपमा पुग्न असफल भएको छ। नेपालको विश्वकप यात्रामा वर्षा बाधक बन्यो।

घरेलु मैदानमा जारी यू–१९ विश्वकपको एसिया छनोटको अफगानिस्तानविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाले रद्द भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भयो।

मुलपानी क्रिकेट मैदानमा बिहानैदेखि वर्षा भएपटि खेल टस नै नभइ रहे भएको छ। अम्पायरहरूले २ बजे मैदानको निरक्षण गरेपछि खेल हुन नसक्ने घोषणा गरेका थिए।

यो खेल रद्द भएपछि नेपाल अफगानिस्तानसँग रनरेटमा पछि पर्दै विश्वकपमा पुग्न असफल भयो। नेपाल र अफगास्तिान दुवैले यसअघिका तीनै खेल जितेका थिए।

नेपालले पहिलो खेलमा युएईलाई डिएल मेथर्डमा ५ रनले हराएको थियो भने ओमानलाई ८ र हङकङलाई ६ विकेटले हराएको थियो।

अब एसियाबाट अफगानिस्तान विश्वकपमा छनोट भएको छ।