च्याम्यिनस लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडमाथिको आर्सनलको जितमा प्रशिक्षक मिकेल आर्टेटाका लागि ठूलो उपलब्धि थियो। गनर्सले पहिलो लेगमा ३–० को अग्रता लिएर गएर त्यसलाई जोगाएन मात्र, गत बुधबार राति बर्नाबेउमा रियललाई फेरि हरायो पनि । आर्टेटाको टिमले यो कसरी सम्भव बनायो?
विंगरहरूको निर्णायक भूमिका
बुकायो साका र ग्याब्रियल मार्टिनेली आर्टेटाको कार्यकालमा सधैँ महत्त्वपूर्ण रहे, र उनीहरूले च्याम्पियन्स लिग सेमिफाइनलमा पुग्न गोल गरे। बल बाहिर हुँदा पनि उनीहरूले रियलका तीव्र विंगरहरू रोड्रिगो र भिनिसियस जुनियरविरुद्ध फुलब्याकहरूलाई सहयोग गरे। साकाले ह्यामस्ट्रिङपछि १०० दिनभन्दा बढी मैदानबाहिर बिताए, तर मैदान फर्किए लगत्तै डेभिड अलाबालाई निराश बनाए।
दोस्रो लेगको सुरुआतमै पेनाल्टी चुक्दा पनि उनी विचलित भएनन्, उनले खेलमा पपिक्वता देखाएर। खेलमा उनले नै सुरुआती गो पनि गरे। अर्का विंगेर ग्याब्रिअल मार्टिनेलीको डिफेन्समा आएर १८ वर्षीय माइल्स लुइस स्केलीमाथि दबाब हुन दिएनन्। आर्सनको जितको मुख्य कारण त्यो रह्यो।
मिडफिल्डमा राइसको वर्चस्व
डेक्लान राइसको प्रभाव आर्सनलको मिडफिल्डमा स्पष्ट छ। दुवै लेगमा उनी मैदानको हरेक कुनामा देखिए। रत उनी दुवै लेगम प्लेअर अफ दी म्याच बने।
उनको रक्षात्मक कभरेज, आकर्षक आक्रमण र नेतृत्व शीर्षस्तरको छ। त्यो रियलसँगको दुवै लेगमा पनि देखियो। रियलका टोनी क्रुसले छाडेपछि मिडफिल्डमा पासिङ विकल्प नहुँदा एन्टोनियो रुडिगरजस्ता डिफेन्डरहरू दबाबमा रहे।

जूड बेलिङ्घमले मिडफिल्डमा समाधान दिन सकेनन्, किनभने उनी तल झरेर स्ट्राइकरहरूलाई बल उपलब्ध गराउन असफल रहे। आर्सनलले बल पाउँदा राइस र मार्टिन ओडगार्ड बर्नाबेउमा दबाबरहित देखिए। त्यसको फाइदा आर्सनललाई भयो।
आर्सनलले रियलका गोलकिपर थिबाउट कोर्टवामाथि उच्च प्रेस गरेको थियो। सँगै डिफेन्डसमा पनि आर्सनले उत्कृष्ट खेल पस्कियो। रियलका स्ट्राइकरहरुलाई खतरानक आक्रमण हुन दिएनन्।
सालिबाले एम्बाप्पेलाई रोके
ग्याब्रियलको अनुपस्थितिमा विलियम सालिबा र जाकुब किविओरको नयाँ जोडीमाथि सबैको नजर थियो। रियलको बराबरी गोलमा भएको गल्ती बाहेक सालिबाको किलियन एम्बाप्पेलाई नियन्त्रणमा राख्दै गजबको नेतृत्व, गति र नियन्त्रण देखाए। दुवै लेगमा यो जोडीले रियलको आक्रमणलाई अधिकारपूर्वक रोकेर च्याम्पियन्स लिगमा आफ्नो अनुभवको झल्को दिए।
स्ट्राइकरबिना पनि जित
यो सिजन स्ट्राइकरको चर्चा भए पनि आर्सनलले मुख्य स्ट्राइकर विनै खेलिरहेको छ। उसका दुवै स्ट्राइकर ग्याब्रिअल जेसुस र काइ हाभर्ट्ज घाइते छन्। उसले मिडफिल्डर मिकेल मेरिनोलाई फल्स नाइनका रूपमा खेलाइरहेको छ। त्यो सफल भइरहेको छ। मेरिनोले रियलविरुद्धको पहिलो लेगमा गोल गरे, पीएसभीविरुद्ध गोल र असिस्ट दिए। र, बर्नाबेउमा दुवै गोलका लागि असिस्ट गरे।
स्ट्राइकरबिना पनि आर्सनलले पीएसभी र रियलविरुद्ध १४ गोल ठोकेर च्याम्पियन्स लिगको सपना जीवित राख्यो।
अर्टेटाको सिकाई
आर्टेटाको प्रशिक्षणमा च्याम्पियन्स लिगमा आर्सनलको दोस्रो सिजन हो। गत सिजन आर्सनल बायर्न म्युनिखसँग क्वाटरफाइनलमा हारेको थियो।
गत वर्ष पहिलो लेगमा दुई सहज गोल खाएपछि बायर्नविरुद्ध आक्रमण गनए नसकेको अनुभवपछि अर्टेटाको टिमले रियलविरुद्ध निडर भएर खेल्ने रणनीति अपनायो। बर्नाबेउमा भरिभराउ घरेलु समर्थकबीच आर्सनल मानसिक रुपमा पनि बलियो देखियो।
रियलका समर्थकहरूले अघिल्लो रातको एस्टन भिल्ला र डर्टमन्डको कमब्याक देखेर पुनरागमनको आशा राखेका थिए, तर आर्सनलले रियललाई त्यस्तो मौका दिएन। मार्टिनेलीले दोस्रो गोल गरेपछि बर्नाबेउ खाली भयो।
– एजेन्सीहरूकाे सहयाेगमा