भाल्भर्डेको निर्णायक गोलमा रियल मड्रिड विजयी

21 Apr, 2025

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक क्लबमाथि १–० को जित निकाल्यो।

यो जित पछि रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी ४ अंकमा झारेको छ। समान ३२ खेलमा बार्सिलोनाको ७३ र रियलको ६९ अंक छ। बिल्बाओ ४१ अंकसहित छैटौँ स्थानमा छ।

खेलको अधिकांश समय दुवै टिमले रक्षात्मक रणनीति अपनाएका थिए। त्यसैले गोलका अवसरहरू सीमित थिए।

रियल मड्रिडले बलमाथि नियन्त्रणमा राख्दै आक्रमणको प्रयास गरे पनि एथ्लेटिक क्लबको उत्कृष्ट डिफेन्ड गरेको थियो। गोलकिपर उनाइ सिमोनको उत्कृष्ट बचाउ गरेका थिए।

बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिको भाल्भेर्डेले भलीमार्फत उत्कृष्ट गोल गरेपछि रियलले महत्वपूर्ण जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]