लगातार चौथो जितसँगै मुम्बई तेस्रो स्थानमा

24 Apr, 2025

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ। बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । यो मुम्बईकाले लागतार चौथो जित हो। यो जितपछि मुम्बई तेस्रो स्थानमा उक्लिएको छ।

हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट मात्र गुमाएर भेटायो ।

रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४० रनमा अविजित रहे। हैदराबादका जीशान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । हेनरिच क्लासेनले सर्वाधिक ७१ तथा अभिनव मनोहरले ४३ रन बनाए

एक समय १३ रनमा ४ विकेट तथा ३५ रनमा ५ विकेट गुमाइसेको हैदराबादका लागि क्लासेन र मनोहरले ९९ रनको साझेदारी गर्दै इनिङ उकासे । यद्यपी योगफल पर्याप्त भने भएन ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । दीपक चहरले ४ओभरमा १२ रन मात्र दिएर २ विकेट लिए । हार्दिक पान्ड्या र जसप्रित बुमराहले समान १ विकेट लिए।

जितपछि ९ खेलमा १० अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा यथावत् छ । हैदराबादको प्लेअफ सम्भावना अब कमजोर बनेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]