मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे

25 Apr, 2025
Share:
117 Shares

नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। शुक्रबार बेलुकी एयर इन्डियाको विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए। उनी गत चैत १५ गते नेपाली टिमको मुख्य नियुक्त भएका थिए।

५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ। गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो।

शनिबारदेखि लको उपस्थितिमा माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीको कोर क्याम्प पनि सुरु हुँदैछ ।