हैदराबादमाथि गुजरातको जित, गुजराजत प्लेअफतर्फ, हैसदरावादको सम्भावना कठीन

3 May, 2025

आईपीएल अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातले सनरइजर्स हैदरावादमाथि ३८ रनको प्रभावशाली जित निकाल्यो

२२५ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए भने अन्यले भने गतिलो योगदान दिन सकेनन। उनले ४१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।

उनी बाहेक हेनरिच क्लासलनले २३, नितिश कुमार रेड्डीले २१ र त्रविश हेडले २० रज बनाए। बलिङमा गुजरातका प्रसिद्ध कृष्णाले ४ ओभरमा १९ मात्र खर्चेर २ विकेट लिए। यस्तै, मोहम्मद सिराजले पनि २ विकेट लिँदा इशान्त शर्मा र जेराल्ड कोइट्जेले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको गुजरातले शीर्ष तीन ब्याट्सम्यानको उत्कृष्ट ब्याटिङ मद्दतमा ६ विकेटको क्षतिमा २२४ रन बनायो । उसका कप्तान शुभमन गिलले ३८ बलमा १० चौका र २ छक्का मघतमा ७६ रन बनाउँदा जोस बटलरले ३७ बलमा ३ चौका र ४ छक्का मद्दतमा ६४ रन बनाए।

त्यसअघि साई सुदर्शनले २३ बलमा ९ चौका मद्दतमा ४८ रन बनाएका थिए। उनले गिलसँग पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। सनराइजर्सका लागि जयदेव उनादकटले ३ विकेट लिए।

यो जितसँगै गुजरात १० खेलबाट १४ अकं जोडेर तालिकाको दोस्रो स्थानमा छ। उसको प्लेअफको सम्भावना बलियो बनेको छ। यता, हारले सनराइजर्सको प्लेअफ सम्भावना कठीन बनेको छ। उसको १० खेलमा ६ अंक मात्र छ।