एम्बाप्पे चम्किँदा रियल विजयी, उपाधि होड कायमै

4 May, 2025
Share:
117 Shares

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। स्पेन्सन्सबाट फक्र्दंदै किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि रियलले बर्नाबेउमा सेल्टाभिगोमाथि ३–२को जित निकाल्यो।

खेलमा रियलका लागि एम्बाप्पेले २ गोल गरे भने अर्को गोल अर्डा गुलेरले गरे। सेल्टाभिगोका लागि जाभी रोड्रिगेज र विलिओट स्वेडवर्गले गोल गरेका थिए।

खेलमा ३३औ मिनेटमा गुलेरको गोलमा रियलले सुरुआती अग्रता लियो। उनले कप्ता लुकास भास्क्वेजको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा एम्बाप्पेले जुड बेलिङघमको पासमा गोल रियलको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको रियलले दोस्रो हाफको सुरुआतमै अर्को गोल थप्यो। ४८औं मिनेटमा एम्बाप्पेले नै गुलेरको पासमा गोल गरेका थिए।

तर, अन्त्यतिर २ गोल फर्काउँदै सेल्टाले खेलमा फर्कने प्रयास गरेको थियो। उसका ६९औं मिनेटमा रोड्रिगेज र स्वेडवर्गले ७६औं मिनेटमा गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा रियल विजयी भयो।

यो जितसँगै रियलले उपाधिमा आफ्नो दाबेदारी कायमै राखेको छ। रियल ३४ खेलमा ७५ अंकसहित दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ।