महिला विश्वकपको नेपालको पहिलो खेल वर्षाले रद्द

9 May, 2025

काठमाडौं, वैशाख २६ : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको नेपालको पहिलो खेल वर्षाले रद्द भएको छ।

शुक्रबार बिहान बैंककस्थित टेक्नोलोजी ग्राउन्डमा नेपालले आज छनोटको पहिलो खेलमा हङकङसँग खेल्ने तालिका थियो। तर, भारी वर्षापछि मैदान भिजेका कारण टस नै नभइ खेल रद्द भएको हो।

दुवै टिमले १ अंक बाँडेका छन्। प्रतियोतिगामा अब नेपालले दोस्रो खेल भोलि बहराइनसँग खेल्ने छ।

प्रतियोगितामा नेपाल हङकङ र बहराइनसँगै समूह सीमा छ। डबल राउन्ड रोबिनका आधारमा हुने समूह चरणमा नेपालले वैशाख ३० मा हङकङ र जेठ १ मा बहराइनसँग खेल्ने छ।

समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।

नेपाली टोली : इन्दू बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार, राजमती ऐरी, मनीषा उपाध्याय, सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा, ईश्वरी बिस्ट।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]