महिला टि-२० विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित, बहराइन ९ विकेटले पराजित

10 May, 2025

थाइल्यान्डमा जारी आईसिसी महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ। शनिबार बिहान बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा भएको वर्षा प्रभावित खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित निकाल्यो।

वर्षाले प्रभावित भएपछि खेल ५ ओभरमा झारिएको थियो। बहराइनले दिएको ४२ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४ बल बाँकी छँदा १ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कविता कुँवले ११ बलमा ४ चौका मद्दतमा १८ रन बनाइन भने सम्झना खड्काले १० बलमा १३ रन बनाइन्। कप्तान इन्दू बर्माले ५ बलमा ७ न बनाइन्।

त्यसअघि पहलिा ब्याटिङ गरेको बहराइनले पनि १ विकेटको क्षतिमा ४१ रन बनायो। उसका लागि कप्तान दिपिका रसान्गिकाले विस्फोटक ब्याटिङ गरिन्। उनले १३ बलमा ६ चोका र १ छक्का मद्दतमा ३४ रन बनाउँदा थरंगा गजनायकेले १२ बलमा ३ र जायनेब फाजिलले ५ बलमा २ रन बनाए।

एक मात्र विकेट पुजा महतोले लिइन्।

नेपालको यो दोस्रो खेल हो। हङकङसँगको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।

डलब राउन्ड रोबिनका आधारमा हुने समूह चरणमा अब नेपालले पुनः हङकङ र बहराइनसँगै खेल्ने छ।

समूहको शीर्ष स्थानमा रहने टिम फाइनल चरणमा पुग्ने छ। तीन टिम रहने फाइनल चरणबाट २ टिम विश्वकप छनोटमा पुग्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]