दीपेन्द्रे बने नेपाली टिमको उपकप्तान, ज्ञानेन्द्र मल्ला समहायक प्रशिक्षक

10 May, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी दिएको छ।

स्कटल्यान्डमा हुने आईसिसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजका लागि क्यानले दीपेन्द्रलाई उपकप्तान बनाएको हो।

दीपेन्द्र लामो समयपछि उपकप्तानको जिम्मेवारीमा फर्किएका हुन्। उनी २०७८ सालको मंसिरपछि फेरि उपकप्तानको भूमिकामा फर्किएका हुन्। त्यतिबेला क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान ऐरीलाई अनुशासन उल्लंघन गरेको भन्दै जिम्मेवारीबाट हटाएको थियो।

त्यस्तै क्यानले नेपाली टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। यसअघि मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आउन बाँकी रहेको अवस्थामा हङकङ सिरिजमा उनी प्रशिक्षक रहेका थिए।