लिभरपुललाई आर्सनलले रोक्यो, चेल्सीलाई हराउँदै न्युकासल तेस्रो स्थानमा

12 May, 2025

इंग्लिस प्रिमियर लिगमा आर्सनलले च्याम्पियन बनिसकेको लिभरपुललाई उसकै मैदानमा बराबरीमा रोकेको छ। आइतबार राति एन्डफिल्डमा भएको खेलमा १० खेलाडीमा समेटिएको अर्सानलले २ गोलले पछि परेको अवस्थामा २–२को बराबरी खेलेको हो।

खेलमा लिभरपुलका लागि २०औं मिनेटमा कोडी गाक्पोले गोल गरेका थिए। त्यसको १ मिनेट नबित्दै लुइस डियाजले गोल गर्दै लिभपुलको अग्रता दोब्बर बनाए। पहिलो हाफा २–०मै सकियो।

दोस्रो हाफमा आर्सननले पुनरागमन गरेको थियो। ४७औं मिनेटमा ग्याब्रिअल मार्टिनेलीले गोल गर्दै खेललाई २–१मा ल्याए। ७०औं मिनेटमा मिकेल मोरिनोले गोल गरेपछि खेल २–०को बराबरीमा आयो।

गोल गरेको ९ मिनेटपछि मोरिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो। त्यसपछि लिभरपलले खेलमा दबाब बनाए पनि गोल गर्न नसक्दा खेल बराबरीमै सकियो।

यो लिभरपुल ८३ अंकसहित शीर्ष स्थानमा छ भने ६८ अंकसहित आर्सनल दोस्रो स्थानमा छ।

यस्तै, अर्को खेलमा चेल्सीलाई २–०ले हराउँदै न्युकासल युनाइटेड तेस्रो स्थानमा उक्लएको छ। जितपछि उसको ६६ अंक भएको छ। चेल्सी भने ६३ अंकसहित पाँचौं स्थानमा छ। न्युकासलका लागि सान्द्रो टोनाली र ब्रुनो गुइमारेसले गोल गरेका थिए। निकोलस ज्याक्सनले ३६औं मिनेटमै रातो कार्डा पाएपछि चेल्सी दबाबमा परेको थियो।