रोकिएको आईपीएल शनिबारबाट सुरु हुने

13 May, 2025
Share:
117 Shares

भारत र पाकिस्तानबीचको तनावपछि रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबारबाट पुनः सुरु हुने भएको छ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले भारत–पाकिस्तानबीचको तनावपछि आईपिएल एक साताका लागि स्थगित गरिएको थियो।

शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि बिसिसिआईले आईपिएल सुरु गर्ने निर्णय गरेको हो। बीचमै रोकिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि पुनः हुने बताइउको छ।

बीसीसीआईका अनुसार बाँकी १७ खेलहरू बेङ्गलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा खेलाइनेछ। पहिलो खेल मे १७ मा बेंग्लुरुमा रोयल च्यालेन्जर्स बेंग्लुरु र कोलकाता नाइट राइडर्सबीच हुनेछ।

प्रतियोगिताको फाइनल जुन ३ मा तोकिएको छ। आइतबार डबल हेडर खेल हुनेछन्। प्लेअफ खेलहरूको स्थान भने पछि घोषणा गरिने बताइएको छ।

स्थगित भएपछि धेरै विदेशी खेलाडीहरू आफ्नो देश फर्किएका थिए। बीसीसीआईले फ्रेन्चाइजीलाई मंगलबारसम्म टिम पुनः जम्मा गर्न निर्देशन दिएको छ।

हाल गुजरात टाइटन्स र बेंग्लुरु समान १६ अंकसहित शीर्ष दुईमा छन्।