सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

महिला विश्वकप छनोटमा नेपाल हङकङसँग पराजित, अघिल्लो चरण पुग्ने सम्भावना कठीन

आईसिसी महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपाल पाजित भएको छ। वर्षा प्रभावित खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भयो।

बैंककमा वर्षाले ५ ओभरमा झारिएको खेलमा नेपालले दिएको ३० रनको सामान्य लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सहन्जिन सहजादले २१ बलमा १ छक्कासहित १५ रन बनाइन् भने मारिको मिलले ११ बलमा ११ रन बनाइन्।

बलिङमा नेपालका लागि कविता कुँवरले २ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३ विकेटकै क्षतिमा २९ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि सम्झना खड्काले ७ बलमा १० रन बनाउँदा कप्तान इन्दू बर्माले १० बलमा ११, रुविना क्षेत्रीले ४, पुजा महतोले ३ र कविता कुँवरले २ रन बनाइन्।

हङकङका लागि तीनै विकेट अलिसोन सिउले लिइन्।

यो हारसँगै नेपालको छनोटको अघिल्लो चरण पुग्ने सम्भावना कठीन बनेको छ। समूह सीमा नेपाललाई हराएसँगै हङकङ ५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ।

अब नेपाललाई अघिलले चरण पुग्ने अन्तिम खेलमा बहराइनले हराउनु पर्ने छ भने हङकङ बहराइनसँग पराजित हुनुपर्ने छ। समूहकाे शीर्ष टिम फाइनल चरणमा पुग्ने छ।

1.3Kशेयर