सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

क्रिकेटरले पाउने पुरस्कार वापत रकम अर्थ मन्त्रालयबाट निकासा

विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग–२ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो।

1.3Kशेयर