महिला टी-२० विश्वकप छनोटमा नेपालले बहराइनको सामना गर्दै

15 May, 2025

काठमाडौं, जेठ १ : आईसीसी महिला टी–२० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ।

आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ। उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो। त्यसैले अघिल्लो चरण पुग्न नेपाललाई बहराइनविरुद्ध जित मात्र प्रर्याप्त हुने छैन। भोलि हुने बहराइन र हङकङबीचको खेलमा बहराइन विजयी हुनुपर्नेछ।

नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]