स्पेनिस ला लिगामा रियल मड्रिडको जित

15 May, 2025

स्पेनिस ला लिगाको खेलमा रियल मड्रिडले विजयी भएको छ। बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल मालोर्कालाई २–१ ले हरायो।

रियल मड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे। मड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए।

मड्रिडका लागि केलिएन एम्बाप्पेले ६८औं मिनेटमा बराबरी गोल गरेका थिए। इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो।

बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ। सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]