बार्सिलोनाले जित्यो ला लिगा उपाधि

16 May, 2025

स्पेनिस क्लब बार्सिलोनाले ला लिगा च्याम्पियन बनेको छ। बिहीबार राति एस्पान्योलविरुद्ध २–० को जितसँगै बार्सिलोनाले आफ्नो २८औं ला लिगा उपाधि पक्का गरेको हो।

यो जितमा लामिन यमाल र फर्मिन लोपेजले गोल गरे। हान्सी फ्लिको नेतृत्वमा बार्सिलोनाले पहिलो सिजन डोमेस्टिक ट्रेबल जितेको हो। यसअघि उसले रियल मड्रिडलाई हराउँदै सुपर कप र कोपा डेलर उपाधि जितेको थियो।

एस्पान्योलविरुद्धको खेलमा बार्सिलोनालाई जितको लागि मात्र २ अंक आवश्यक थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा लामिन यमालले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले दायाँ कर्नरबाट बललाई टप कर्नरमा प्रहार गरे, जुन खेलको निर्णायक क्षण बन्यो।

खेलको अतिरिक्त समको पाँचौं मिनेठमा लोपेजले दोस्रो गोल थप्दै बार्सिलोनाको उपाधि सुनिश्चित गरे। गोलकिपर वोज्सिएक स्जेस्नीले पहिलो हाफमा दुई महत्त्वपूर्ण बचाउ गरे, जसले बार्सिलोनालाई खेलमा कायम राख्यो।

गतसाता रियल मड्रिडलाई हराउँदै शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको बार्सिलोाको ३६ खेलमा २७ जितसहित ८५ अंक भएको छ। अब बाँकी दुवै खेलमा पराजित भएपछि दोस्रो स्थानको रियलल बार्सिलोनालाई भेट्न सक्ने छैन। समान खेलमा रियलको ७८ अंक छ।

प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनमै बार्सिलोनाले डोमेस्टिक ट्रेबल जितेको छ। फ्लिकको युवा टिम रक्षात्मक र आक्रामक सन्तुलित देखिएको छ। बार्सिलोनालाई च्याम्पियन बनाउने क्रममा रोबर्ट लेवान्डोस्की १९ गोल र ८ असिस्ट गरे भने राफिन्हाले १५ गोल र १० असिस्ट तथा लामिन यमाल १२ गोल र १४ असिस्ट गरेका छन्।

बार्सिलोना ला लिगामा च्याम्पियन बनेपछि प्रशिक्षक फ्लिकले टोलीको अविश्वसनीय मानसिकताको परिणामले च्याम्पियन बनेको बताए। उनले गल्तीहरूबाट सिकेको र हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए।

बार्सिलोनाले यो सिजनमा ११५ गोल प्रहार गरेको छ। जुन ला लिगा इतिहासमा तेस्रो सर्वाधिक हो। उनीहरूले ६४.९ प्रतिशत बल पोजेसन र २०,४६० पास (८८ प्रतिशत) का साथ आफ्नो ‘टिकी–टाका’ शैलीलाई निरन्तरता दिए।

उपाधि पक्का भएपछि बार्सिलोनाका प्रशंसकहरूले ओलिम्पिक लुइस कम्पानिस स्टेडियमबाहिर उत्सव मनाएका छन्। प्रशंसकका लागि यो सिजन उत्साहजनक रह्यो।

बार्सिलोनाको यो उपाधि उनीहरूको युवा र अनुभवी खेलाडीहरूको संयोजन, फ्लिकको रणनीति, र प्रशंसकको अटल समर्थनको परिणाम हो। २८औं ला लिगा उपाधिले बार्सिलोनालाई विश्व फुटबलको शीर्ष क्लबको रूपमा पुनः पुष्टि गरेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]