साउदी प्रो लिगको उपाधि फ्रेन्च स्टार करिम बेन्जिमाको नेतृत्वमा रहेको अल इत्तिहादले जितेको छ।
बिहीबार राति भएको खेलमा अल रइदलाई ३–१ले हराउँदै इत्तिहादले २ खेल बाँकी छँदै प्रो लिग उपाधि जितेको हो।
तीन खेल खेल्न बाँकी रहेको डिफेन्डिङ च्याम्पियन अल हिलालले तीनै खेल जिते पनि इत्तिहादलाई भेट्टाउने छैन। इत्तिहादको ३२ खेलमा ७७ अंक छ भने इत्तिहादको ३१ खेलमा ६८ अंक छ।
अल इत्तिहादको यो १० लिग उपाधि हो। उसले १६ वर्षपछि लिग उपाधि जितेको हो। उसले अन्तिम पटक सन् २००९मा लिग जितेको थियो। प्रो लिग सर्वाधिक जित्ने टिम अल हिलाल हो। उसले १९ उपाधि जितेको छ।
बिहीबार राति भएको खेलमा अल इत्तिहादका लागि स्टेभन वर्गविन, डानिलो परेरा र अब्दुलरहमान अलोबदले गोल गरेका थिए भने अल रइदका ओमार गोन्जालेजले गोल गरेका थिए।
