हङकङ र बहराइनबीचको खेल वर्षाले रोकिँदा नेपाल महिला विश्वकप एसिया छनोटको अघिल्लो चरणमा

16 May, 2025

नेपाल थाइल्यान्मा जारी आईसिसी महिला टि–२० विश्वकपको एसिया छनोटको अघिल्लो चरणमा प्रवेश गरेको छ।

समूह सीको हङकङ र बहराइनबीचको खेल वर्षाले हुन नसकेपछि नेपाल समूह विजेताका रुपमा अघिल्लो चरण पुगेको हो।

योसँगै समूहमा २ जितसहित नेपाल ५ अंक जोडेको नेपाल धेरै जित निकालेको आधारमा समूह विजेता बन्यो। बहराइनसँगको खेल वर्षाले रोकिँदा हङकङ भने प्रतियोगिताबाट बाहिरियो। हङकङको पनि ५ अंक नै छ। तर, १ जित मात्र निकालेकाले ऊ दोस्रोमा रह्यो।

नेपालले बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग १ खेलमा पराजित भयो भने १ खेल वर्षाले रोकिएको थियो। यता, हङकङका समूका ४ मध्ये ३ खेल वर्षाले रद्द भएको थियो।

अब नेपालले सुपर ३मा अन्य दुई समूहका शीर्ष टिमसँग खेल्ने छ। समूह एबाट आयोजक थाइल्यान्ड र बीबाट युएई अघिल्लो चरण पुगेका छन्। 

सुपर ३ सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। यो चरणमा समूह चरणामा प्राप्त अंक जाेडिने छ। सुपर ३ बाट शीर्ष दुई टिम महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]