सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

यू-१९ साफमा नेपाल सेमिबाटै बाहिरियो, बंगलादेशसँग पराजित

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ।

भारतमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा नेपाल डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल बाहिरिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो।

खेलमा बंगलादेशका लागि असिकुर रहमान र मोहम्म जोए अहमदले गोल गरे भने नेपालका लागि सुजन डंगोलले एक गोल फर्काएका थिए।।

७३औं मिनेटमा असिकुरले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए। मोहम्मद जोएले ८१औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

८७औं मिनेटमा सुजन डंगोलले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर त्यसपछि थप गोल गर्न नसक्दा नेपाल पराजित भयो।

अघिल्लो संस्करणको उपविजेता नेपाल घरेलु मैदानमा फाइनलमा बंगलादेशसँगै पराजित भएको थियो।

1.3Kशेयर