बोर्नेमाउथका युवा डिफेन्डर हुजिन्सन रियलमा

17 May, 2025

रियल म्याड्रिडले बर्नमाउथका युवा डिफेन्डर डिन हुजिन्सनलाई अनुबन्धन गरेको छ।

२० वर्षीय युवा स्पेनिस डिफेन्डका लागि रियलले ५० मिलियन पाउन्ड खर्चियो। हुजिन्सनले रियलसँग ५ वर्षको सम्झौता गरेका छन्।

यो सिजन रियलले चोटका कारण अधिकांश सयम पहिलो रोजाई डिफेन्स विनै खेलेको थियो। आगामी सिजन डिफेन्सलाई बलियो बनाउने रियलले हुजिन्सनलाई अनुबन्धन गरेको हो।

रियलले क्लब विश्वकपलाई ध्यानमा राखेर उनलाई अनुबन्धन गरेको हो। रियलले क्लब विश्वकपअघि अन्य दुई डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र बेन्फिकाका अल्भारो कारेरसलाई भित्र्याउन चाहेको छ।

हुजिन्सनले यो सिजन बर्नमाउथमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले प्रिमियर लिगमा ३ गोलसते गरेका छन्। सिजनको सुरुआतमा मात्र उनी इटालियन क्लब जुभेन्टसबाट १५.२ मिलियन युरोमा बर्नमाउथमा आएका थिए।

बोर्नेमाउथमा प्रदर्शनपति उनलाई भित्र्याउन लिभरपुल, चेल्सी, आर्सनल, र न्यूक्यासलले पनि चासो देखाएका थिए। तर, उनले रियल रोजेका छन्।

रियलले उनको रिलिज क्लजलाई तीन किस्तामा तिर्ने सम्झौता गरेको छ। जसमा जुभेन्टसले १० र मालागाले ५ प्रतिशत हिस्सा पाउनेछन्।

रियल म्याड्रिडले यो सिजन रक्षापङ्क्तिमा चोटको समस्याबाट ग्रस्त भएको थियो। डेभिड अलाबा र एन्टोनियो रुडिगर, दुवै ३२ वर्षका, हालै शल्यक्रियापछि रिकभरीमा छन्, भने इडर मिलिटाओ दोस्रो एसीएल चोटबाट फर्कने क्रममा छन्। रियलसँग हाल राउल एसेन्सियो मात्र स्वस्थ सेन्टर(ब्याकको रूपमा छन्, जसले यो ट्रान्सफरलाई अझ महत्त्वपूर्ण बनाएको छ।

हुजिन्सनले स्पेनको सिनियर टिमका लागि मार्च २०२५ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए, जहाँ उनले एक असिस्ट पनि गरेका थिए।

नयाँ प्रशिक्षक जाबी अलोन्सोले हुजिन्सनलाई रियलको रक्षापङ्क्तिको भविष्यको आधार मान्दै उनलाई टिममा ल्याउन प्राथमिकता दिएका थिए। यो ट्रान्सफरले रियलको रक्षात्मक रणनीतिमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]